मंगलवार १२, आश्विन २०७८ Tue,28 Sep 2021

सर्वाधिकार सुरक्षित

एमाले फुटेको होइन चोइटिएको हो : अध्यक्ष ओली



मंगलवार २२ , भाद्र २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताउनुभएको छ । नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा आज पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी सङ्गठन बलियो भएर अघि बढ्ने बताउनुभयो । निरन्तर मुलुक र जनताको पक्षमा काम गर्दै आएको एमालेले आगामी निर्वाचनमा एक्लै लडेर स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गर्दै उहाँले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई अघि बढाउन भ्रम र अलमलमा नपर्न कार्यकर्तालाई अनुरोध गर्नुभयो । कास्कीमा जस्तै नेकपा एमालेको सङ्गठनलाई देशव्यापी एकताबद्ध बनाउनुपर्ने बताउँदै उहाँले जनताका हर समस्यामा सहयोग गर्ने गरी पार्टीको समाजसेवी दस्ता तयार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको आन्तरिक सहयोग जुटाएर जनताको आवश्यकतानुसार काम गर्ने दस्ताको मुख्य लक्ष्य रहनेछ । पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आन्तरिक सङ्घर्ष पार्टी फुटाउनका लागि नभई सुदृढीकरणका लागि हुने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई सङ्गठित भएर पार्टी निर्माणमा जुटन आग्रह गर्नुभयो । कास्की जिल्ला कमिटीका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दामोदर बैरागीलगायतले पार्टीको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।

Featured News

Advertisement