सोमबार ६, चैत्र २०७९ Mon,20 Mar 2023

सर्वाधिकार सुरक्षित

काठमाडौं आएको अमेरिकी सेनाको जहाजले के-के ल्याएको छ



शुक्रबार ४ , चैत्र २०७८

काठमाडौं / शुक्रबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी वायु सेनाको विमान कूटनैतिक प्रयोजनको लागि आएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयरफोर्सको जहाज काठमाडौं आएको बताए ।विमान शुक्रबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेको थियो । यो विमानमा कूटनीतिज्ञसहित सामानहरु पनि भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार युएस एयरफोर्सको आरसीएन १८१६ चार्टर्ड विमान काठमाडौंमा बिहान सवा ९ बजेको समयमा अवतरण गरेको थियो ।

Featured News

Advertisement