आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा छलफल तथा अन्तरक्रिया
इटहरी । प्रदेशको कार्यक्षेत्र भित्र सञ्चालन गरिने भौतिक तथा मानवीय विकासका लागि आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा विषयमा केन्द्रीत भएर सुनसरीको इटहरीमा छलफल तथा अन्तरक्रिया आयोजना गरियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नम्बर १ ले आयोजना गरेको आर्थिक वर्ष २०७९÷०८० को बजेट तर्जुमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा आगामी वर्षको वजेटमा समावेश गर्नु पर्ने बजेट शिर्षकमा सरोकारवालाहरुसंग छलफल गरिएको हो ।
प्रदेश नम्बर १ आर्थिक मामिला तथा योजना मन्त्री ओमप्रकास सराबगीको अध्यक्षता तथा प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेलको आतिथ्यमा भएको छलफलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सुनसरी जिल्लाका पालिकाहरुका प्रमुख उपप्रमुख प्रशासकिय अधिकृत साथै जनप्रतिनिधि लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको समेत उपस्थिती रहेको थियो