शनिबार १८, असार २०७९ Sat,02 Jul 2022

सर्वाधिकार सुरक्षित

सुर्य कुमार दाहाल बाट पाँचथर प्रदेश सभा (ख)सदस्य उम्मेदवारी दिने दाबी



बुधबार १ , असार २०७९

 असार १ ,काठमाडौं  सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रस्तावित मिति तोकेसँगै पाँचथर कांग्रेसका नेताहरूले आफ्ना गतिविधि बढाएका छन् ।
स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पाँचथर ‌‍(ख) क्षेत्रलाई लाई  प्रवल बलियो दाबेदारको रुपमा चिनाउने हाम्रा समाज सेवी युवा नेता सूर्य कुमार दाहाल ज्यु ले प्रदेशमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । पार्टी भित्र आन्तरिक शक्ति संघर्ष बढेको र नीति र निष्ठाको राजनीति मर्दै गएकोले आफूले पार्टी बचाउन उमेद्वारी घोषणा गरेको दाहालले बताउनु भयो । उहाँले सैद्धान्तिक रूपमा सम्पूर्ण शासकीय अभ्यास मध्ये संसदीय शासन प्रणाली कम खराब ब्यबस्था हो । उत्तम होइन,यसलाई उत्कृष्ट बनाउन लोकतान्त्रिक चरित्र सहितको अभ्यासबाट मात्र सम्भव हुन्छ । त्यसकारण हाम्रो अभ्यासलाई लोकतान्त्रिक र लोक मान्य बनाउन जति सक्यौं, त्यति ब्यबस्था चिर स्थायी साथै देश र जन हितकारी हुन्छ । त्यसैका लागि आगामी निर्वाचनमा बिचार, संस्कार,चरित्र निडर,निस्वार्थ,सपना र कार्य–कुशलता भएको उम्मेदवार खोजौं र रोजौं ।’
दाहालले सांकेतिक रुपमा यस अघिका उमेद्वार बिचार, संस्कार,चरित्र, निडर,निस्वार्थ,सपना र कार्य–कुशलता नभएको बताउनु भएको छ ।उनीकाे पृष्ठभूमि नेपाली काङ्ग्रेस रहेकाे र उनी कलिलो उमेरदेखि नै राजनीतिमा प्रवेश गर्नु भएका ४२ वर्षीय दाहाल पाँचथर-जिल्ला तुम्बेवा गाउँपालिका वाड नं १ का स्थायी बासिन्दा हुनुहुन्छ । पार्टीको आस्था ,बिचार र आदर्श बोकेका ब्यक्तिलाई टिकट दिनु पर्ने बताउनु हुन्छ ।

Featured News

Advertisement