सोमबार ६, चैत्र २०७९ Mon,20 Mar 2023

सर्वाधिकार सुरक्षित

जिसस झापाका लागि एमालेको मात्रै उम्मेदवारी



मंगलवार ७ , असार २०७९

 

जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ।

योसँगै जिल्ला समन्वय समिति झापामा नेकपाएमाले दोश्रो पटक निर्विरोध निर्वाचित हुने पक्का भएको छ।

यसअघि पनि सोम पोर्तेलको नेतृत्वमा नेकपा एमालेले जिल्ला समन्वय समितिमा जित हात पारेको थियो।

नौ सदस्यीय जिल्ला समन्वय समितिको प्रमुखमा विश्व बराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरूमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अली, कपिल काफ्ले र रिता नेपालीको मात्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए।म

गलबार (आज) मनोनयन दर्ता र बुधवार दाबी विरोधको कार्यक्रम रहेको निर्वाचन कार्यालयका प्रमुख नेपालले बताएका छन्।

दाबी विरोध नभए सबै जना निर्विरोध निर्वाचित हुने समेत नेपालले जानकारी दिएका छन्।

झापामा १५ स्थानीय तहबाट जिल्ला समन्वय समितिमा नेतृत्व लिन एमालेको एकल बहुमत जुटेको थियो। सेतो पाटीबाट साभार

 

Featured News

Advertisement