बस्नेतले लिइन् प्रदेश सांसदको सपथ
मंगलवार
२१ ,
असार
२०७९
Tamor Khabar
193
काठमाडौं २१ असार, । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गरेकी छन् ।
अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् । उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो ।मंगलबार उनले प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी मार्फत सपथग्रहण गरेकी हुन् । प्रदेश सभाको कार्यकाल करिब चार महिना बाँकी छ ।