शुक्रबार १६, चैत्र २०८० Fri,29 Mar 2024

सर्वाधिकार सुरक्षित

पाँचथर प्रदेश (ख) मा प्रदेश सँसदमा दाहाल



सोमबार २३ , श्रावण २०७९

नेपाली कांग्रेस पाँचथर प्रदेश सभा (ख) मा दाहाल
श्रवण २३ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै पाँचथर कांग्रेसका नेताहरूले आफ्ना गतिविधि बढाएका छन् ।
 नेपाली कांग्रेस पाँचथर (ख) क्षेत्रलाई लाई  प्रवल बलियो दाबेदारको रुपमा चिनाउने हाम्रा समाज सेवी युवा नेता सूर्य कुमार दाहाल ज्यु ले प्रदेशमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । पार्टी भित्र आन्तरिक शक्ति संघर्ष बढेको र नीति र निष्ठाको राजनीति मर्दै गएकोले आफूले पार्टी बचाउन उमेद्वारी घोषणा गरेको दाहालले बताउनु भयो । उहाँले सैद्धान्तिक रूपमा सम्पूर्ण शासकीय अभ्यास मध्ये संसदीय शासन प्रणाली कम खराब ब्यबस्था हो । उत्तम होइन,यसलाई उत्कृष्ट बनाउन लोकतान्त्रिक चरित्र सहितको अभ्यासबाट मात्र सम्भव हुन्छ।
हामी कस्तो विकास चाहन्छौं सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, यातायात, सुरक्षा र शौचालयको साथै सामाजिक न्याय , सुरक्षा र सदभाव तथा सडक, बजार, खानेपानी,विधुत सेवा, प्रशासनिक सेवा, न्याय सेवा, कृषी सेवा र सुशासनको स्थिति हेरेर भन्न सक्छौं ।
त्यसकारण हाम्रो अभ्यासलाई लोकतान्त्रिक र लोक मान्य बनाउन जति सक्यौं, त्यति ब्यबस्था चिर स्थायी साथै देश र जन हितकारी हुन्छ । त्यसैका लागि आगामी निर्वाचनमा बिचार, संस्कार,चरित्र निडर,निस्वार्थ,सपना र कार्य–कुशलता भएको उम्मेदवार खोजौं र रोजौं ।’
२०७४ सालका  नेपाली कांग्रेश पाँचथर का प्रदेश सभा (ख) का उमेद्वार , निवर्तमान पालिका अध्यक्ष, बर्तमान जिल्ला सचिवको असहयोग का बाबजुत पनि दाहालले गत स्थानीय तह को निर्वाचन मा आहो रात्र खटिएर आफ्नो वडा तथा गाउँपालिका अध्यक्षमा ३०/ ३२  वर्षीय  युवा नेता लाई  उमेद्वार बनाई  अत्यधिक बहुमत ले विजय गराउँन सफल हुनु भएका दाहाल प्रदेश सभा ( ख) मा उमेद्वार को प्रबल दावेदार को रूपमा ठानिएका  हुनुहुन्छ।
साथै दाहाल ले पार्टीका अग्रज नेताहरुलाई  चुनौती दिँदै आफूलाई  अब मूल्यांकन गरेको खण्डमा कुनै पनि हालतमा दाहाललाई पाखा लगाउने काम भयो भनें पार्टीले पाँचथर जिल्लामा नराम्रो परिणाम बेहोर्नु पर्ने र त्यसको सम्पूर्ण भागीदार शीर्ष नेतानैं हुनु पर्ने  बताउनु हुन्छ ।
उनीकाे पृष्ठभूमि नेपाली काङ्ग्रेस रहेकाे र उनी कलिलो उमेरदेखि नै राजनीतिमा प्रवेश गर्नु भएका ४२ वर्षीय दाहाल पाँचथर-जिल्ला तुम्बेवा गाउँपालिका वाड नं १ का स्थायी बासिन्दा हुनुहुन्छ । पार्टीको आस्था ,बिचार र आदर्श बोकेका ब्यक्तिलाई टिकट दिनु पर्ने बताउनु हुन्छ ।

Featured News

Advertisement