सोमबार ६, चैत्र २०७९ Mon,20 Mar 2023

सर्वाधिकार सुरक्षित

मुस्ताङका तीनै सीटमा नेपाली कांग्रेसका उम्मेदवार विजयी



सोमबार ५ , मंसिर २०७९

काठमाडौं : मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजीत गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए । 

 

प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजीत भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७ सय ९३ मत पाए । प्रदेश (ख) मा पनि कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

 

गौचनलाई १ सय ५८ मत अन्तरले हराएर शेरचन विजयी भए । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । यहाँ ५५ मत बदर भएको छ । मुस्ताङमा एमालेका तीनै उम्मेद्वार निवर्तमान सांसद हुन् भने कांग्रेसका तीनै उम्मेद्वारले डेब्यु गरेका हुन् । 

Featured News

Advertisement