शनिबार ९, फाल्गुन २०८२ Sat,21 Feb 2026

सर्वाधिकार सुरक्षित

अत्यधिक चिसोका कारण उर्लाबारीमा एक जनाको मृत्यु



मंगलवार १३ , माघ २०७७

 

टहरी / तराइईमा केही दिन यता अत्यधिक बढेको चिसो र शितलहरका कारण मोरङको उर्लाबारीमा एक जनाको कठ्यांग्रिएर मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ बजारमा मंगलबार बिहान उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । प्रहरी निरिक्षक उद्धव पोख्रेलका अनुसार स्थायी ठेगाना सुनसरी बराहक्षेत्र नगरपालिका राजावास ८ भएका नेप्टे शेर्पा भन्ने अन्दाजी ५५ वर्षका व्याक्तिको चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको हो । मृतकले लामो सयम देखी सो क्षेत्रका सार्वजनिक पार्टीपौवालाई आफ्नो वासस्थान बनाउदै आएका थिए ।

Featured News

Advertisement