मंगलवार १, जेष्ठ २०८१ Tue,14 May 2024

सर्वाधिकार सुरक्षित

कार्यरत शिक्षकहरुलाई यथास्थानमा स्थाई नियुक्ति तथा पदस्थापन गर्न नमिल्ने



मंगलवार १६ , फाल्गुन २०७९

तमोर संम्वाददाता, शिक्षा व्युरो:

शिक्षक सेवा आयोगले २०७८ सालमा गरेको स्थाई शिक्षक पदपूर्तिको विज्ञापन अनुसार माध्यमिक तह र निमावि तहको स्थाई नियुक्तिका लागि उम्मेद्धारहरुको सिफारीस गरी नियुक्ति प्रक्रिया सकिसकेको छ । त्यसै गरी आयोगले जिल्लागत रुपमा भारी संख्यामा १३,०९३ जनाको प्राथमिक तहमा विज्ञापन गरी सम्पूर्ण परीक्षाहरु सञ्चालन गरेर अधिकांश जिल्लाको नतिजा प्रकाशन गरी सिफारीस गर्ने कार्य अगाडी वढाईसकेको छ ।

            शिक्षक सेवा आयोगको नियमावली २०५७ अनुसार  स्थायी शिक्षकको सिफारीस तथा पदपूर्ति गर्दा , योग्यताक्रम का आधारमा गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ । त्यसतै गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७९÷०७÷१८ गतेको माननीय मन्त्रीस्तरीय  निर्णय अन्तर्गतको शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शन अनुसार पनी योग्यताक्रमका आधारमा स्थायी नियुक्ति गर्नुपर्ने स्पष्ट निर्देशन गरेको छ । उक्त शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शन अनुसार ः प्राथमिक तहको हकमा शिक्षा विकास तथा समन्वय इकाइले गर्ने कार्य अन्तर्गत, स्थानीय तहको, तहगत रुपमा स्थायी शिक्षक पदपूर्ति गर्नुपर्ने पदसंख्या सहितको सूचि सार्वजनिक गरी योग्यताक्रमका आधारमा ७ दिनको समय सिमा राखी स्थानीय तह रोज्ने सूचना जारी गर्ने र त्यसपश्चात योग्यताक्रम अनुसारको स्थानीय तह रोजाईका आधारमा, स्थानीय तह अन्तरगतको विद्यालयका लागि  स्थायी नियुक्रि पत्र प्रदान गरी ५ दिन भित्रमा स्थानीय तह पठाउने  उल्लेख छ ।

            त्यसतै शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शन अनुसार, स्थानीय तहले गर्ने कार्य अन्तरगत, प्राथमिक तहको हकमा, स्थायी शिक्षक पदस्थापन गर्नुपर्ने पदसंख्याका आधारमा विद्यालयको सूची सार्वजनिक गरी समन्वय इकाइबाट स्थायी नियुक्तिका पाई आएका शिक्षकलाई योग्यताक्रम लाई ध्यानमा राखी महिला र अपाङ्गता भएकालाई पहिलो प्राथमिकतामा राखेर पदस्थापन गर्नुपर्ने भन्ने प्रष्ट व्यवस्था रहेको छ ।

            माननीय मन्त्रीस्तरीय  निर्णय अन्तर्गतको, शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शनमा, समन्वय इकाइ र स्थानीय तहले, माननीय मन्त्रीस्तरीय  निर्णय अन्तर्गतको शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शनमा प्रतिकुल नहुने गरी थप आधारहरु तयार गरी कार्यान्वयन गर्न सक्ने व्यवस्था रहेको छ तर योग्यताक्रम विपरीत अस्थाई शिक्षक पदमा कार्यरत शिक्षकलाई यथास्थानमा वा हाल कार्यरत रहेको विद्यालयमा वाध्यपारी नियुक्ति तथा पदस्थापन गर्नु ठाडो रुपमा शिक्षक सेवा आयोगको नियमावली र मन्त्रीस्तरीय  निर्णय अन्तर्गतको शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शनको पूण रुपमा प्रतिकुल हुने देखिन्छ । त्यसैले योग्यताक्रमको आधार वाहेक यथास्थानमा शिक्षकको स्थायी नियुक्ति तथा पदस्थापन गन नमिल्ने देखीन्छ ।

            हाल प्राथमिक तहको शिक्षकको स्थायी नियुक्ति तथा पदस्थापन गर्ने अन्तिम चरणमा आईपुग्दा केही व्यक्तिहरु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेर केहि पेशागत संघ संगठनलाई समेत गलत प्रयोग गर्दै, कार्यरत शिक्षकहरुलाई यथास्थानमा पदस्थापन गर्नुपर्ने भनि दवाव सिर्जना गर्न थालेको गुनासो आईरहेको छ । कार्यरत शिक्षकलाई यथास्थानमा नियुक्ति तथा पदस्थापन गर्ने कुराले स्यंम कार्यरत शिक्षकहरु नै असन्तुष्ट देखिन्छन । उनीहरु योग्यताक्रम कै आधारमा विद्यालय छनौट गर्न पाउनु पर्ने पक्षमा रहेको वताउछन् । ताप्लेजुङ जिल्लाका एक शिक्षक शुहाङ् मेनेङ्वोले गुनासो पोख्दै भन्नु भयो ः म एक अस्थायी करारमा कार्यरत शिक्षक हुँ , मैले योग्यताक्रम अनुसार स्थायी पदपूर्तिका लागि आफुले रोजेको विद्यालय पर्ने सम्भावना धेरै छ तर कार्यरतलाई यथास्थानमा अनिवार्य नियुक्ति गरेमा म यहि हाल कार्यरत रहेको दुर्गम ठाउँमा नै रहनु पर्ने वाध्यता पर्न जान्छ , योग्यताक्रमको कुनै अर्थ नै रहदैन । त्यसैले यो कार्यको खुलेर विरोध गरीरहेको वताउनु भयो । यसरी कार्यरत शिक्षकलाई कार्यरत विद्यालयमा नै बाध्य बनाएर नियुक्ति गर्नु संयम  कार्यरत शिक्षक तथा खुला रुपमा सिफारिस भएका शिक्षक, कसैको पनि हितमा नहुने भन्दै, यदि यो खालको कदम चालेमा संगठित भएर कानुनी रुपमा अदालतको ढोका ढक्ढक्याउन बाध्य हुने कुरा नाम उल्लेख नगर्ने सर्तमा सुनसरी जिल्लाका एक शिक्षकले बताउनु भयो ।

Featured News

Advertisement