कपनको ढलमा खसेका बालकको शव ललितपुरमा भेटियो
आईतवार
१० ,
आश्विन
२०७८
Tamor Khabar
321
कपनको मिलनचोकमा ढलमा खसेर बेपत्ता भएका बालक ६ दिन पछि मृत फेला परेका छन्।
१० वर्षका बालक उज्ज्वल विश्वकर्माको ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा शव भेटिएको प्रहरीले जनाएको छ।
उज्जवलको परिवारले सखानत गरसकेका छन्। उनको शव पोष्टमार्टमका लागि त्यहाँबाट पाटन हस्पिटलमा लगिने बताइएको छ। बालक असोज ४ गते साँझ ढलमा खसेका थिए।








