बुधबार २७, जेष्ठ २०८३ Wed,10 Jun 2026

सर्वाधिकार सुरक्षित

श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ



आईतवार १० , आश्विन २०७८

१० असोज, बाँके। प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्‍या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured News

Advertisement