नेपाल स्काउटको तदर्थ समिति खारेज
आईतवार
१० ,
आश्विन
२०७८
Tamor Khabar
271
१० असोज, काठमाडौं । सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति खारेज गरेको हो ।भण्डारीले पनि पत्र आएको स्वीकार गरे । ‘तदर्थ समिति खारेज गरेको भनेर पत्र अफिसमा आएको खबर पाएको छु, भोलि पत्र बुझ्छु,’ भण्डारीले अनलाइनखबरसँग भने ।अघिल्लो सरकारले तत्कालीन समिति खारेज गरेर १६ पुसमा भण्डारीको संयोजकत्वमा तदर्थ समिति बाएको थियो । समितिको सदस्यहरुमा शिवबहादुर भण्डारी, विजेन्द्र ध्वजु, इन्द्रभूषण यादव (अधिकारी) र सीमा कर्ण थिए ।








