सोमबार ११, जेष्ठ २०८३ Mon,25 May 2026

सर्वाधिकार सुरक्षित

सुदूरपश्चिममा कोरोना सङ्क्रमण शून्य



आईतवार ३१ , आश्विन २०७८

 

सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएन । यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । सुदूरपश्चिममा हालसम्म तीन लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण प्रदेशभर ५९८ जनाले ज्यान गुमाएका छन् ।

Featured News

Advertisement