बिगुमा निः शुल्क स्वास्थ्य शिविर
मंगलवार
१० ,
चैत्र
२०७७
Tamor Khabar
546
बिगु गाउँपालिका–८ स्थित थामीचागुमा मिलीजुली कालिञ्चोक सकोसले सेवा केन्द्र स्थापना गरेको छ । विदेशबाट पठाएको रकम लिन नागरिकलाई सजिलो बनाउने उद्देश्ले सो सेवा केन्द्र स्थापना गरिएको संस्थाले जनाएकोे छ । जिल्लाको विपन्न बस्तीमा सकोसले स्त्री रोग परीक्षण शिविरसमेत समेत राखेको छ । चरिकोट अस्पतालका महिला रोग विशेषज्ञ चिकित्सक चन्दु सापकोटा सहितका टोलीले शिविरमा ६० महिलाको स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरेको छ । बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले सहाकारीले विपन्न नागरिकको स्वास्थ्य सेवाका उदाहरणीय काम गरेको बताउनुभयो ।
.jpg)







