शनिबार ८, बैशाख २०८१ Sat,20 Apr 2024

सर्वाधिकार सुरक्षित

दिक्तेलमा भुस्याहा कुकुर आतङ्क



आईतवार ७ , कार्तिक २०७८

 

पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेविजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा बैभव मल्लिकले जानकारी दिनुभयो । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको बिगबिगी थियो । करिब दुई वर्षअघि पनि भुस्याहा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपछि चौतर्फी विरोध भएपछि स्थगन गरिएको थियो । नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले भुस्याहा कुकुरको आतङ्क तत्काल नियन्त्रण गर्न नगरपालिकासँग माग गर्नुभयो । बजारमा रातका समयमा हिँडडुल गर्नसमेत समस्या रहेको स्थानीय बासिन्दाले बताएका छन् । ऐसेलुखर्क गाउँपालिकामा समेत कुकुरको बिगबिगी बढेको स्थानीय बासिन्दाले जनाएका छन् ।

Featured News

Advertisement