न्यायलयमा कांग्रेसले हस्तक्षेप गर्दैन : पौडेल
मंगलवार
९ ,
कार्तिक
२०७८
Tamor Khabar
354
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालय भित्रको विषय न्यायालय भित्रको आन्तरिक विषय हो यसमा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्।
आज सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा नेता पौडेलले भने,‘न्यायालयको मामिलामा हाम्रो प्रष्ट विचार छ। न्यायलयको असहज परिरिस्थितिमा हाम्रो हस्तक्षेप हुँदैन’, उनले भने, ‘प्रधानन्यायाधीश जीको बारेमा हामीलाई चिन्ता छ। यो भन्नु हस्तक्षेप गरेको हैन।’
मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सिफारिसमा उनका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै उनको आलोचना बढेको छ।
.jpg)







