सोमबार २४, भाद्र २०८१ Mon,09 Sep 2024

सर्वाधिकार सुरक्षित

रामेछापको चनखुमा वृहत् सोनाम ल्होछार सांस्कृतिक समारोह हुँदै



मंगलवार २७ , पुष २०७८

काठमाडौ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा यसबर्ष पनि सोनाम ल्होछार मनाउने भएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम माघ २० गते गर्न लागेको संस्थाको अध्यक्ष कुलमान योन्जनले जानकारी दिए ।

तामाङको १२ वटा वर्गमा प्रत्येक बर्षमा एउटा वर्गलाई विदाई गर्दै अर्कोलाई स्वागत गरेर सोनाम ल्होछार मान्ने गरेको छ । यसपटक गोरु वर्गलाई विदाई गर्दै बाघ वर्गलाई स्वागत गरेर कार्यक्रम गर्न लागेको आयोजक संस्थाले बताएको छ ।

 

 

कार्यक्रममा विभिन्न ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति हुने र त्यहाँ उपस्तिथि दर्शकलाई कलाकारहरुले आफ्नो प्रस्तुति दिएर मनोरंजन दिलाउने छन् – संस्थाको सचीव रमेश योन्जनले भने -“कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति संगै स्थानीय कलाकार र ताम्बाहरुको डफु नाच पनि रहनेछ ।”

 

 कार्यक्रममामा उपस्थितिलाई मनोरंजन दिन तामाङ सेलो सम्राट चन्द्र कुमार दोङ र सेलो सम्राज्ञी इन्दिरा गोले पनि चनखुमा आउने भएका छन् । त्यस्तै तामाङ सेलो गायक -पासाङ लामा, तामाङ सेलो तथा लोकदोहोरी गायक-तिर्थ विरक्त पाख्रीन, गायक -सविन चौहान ,मोडल तथा डान्सर : नबिना ब्लोन ,मोनिका लामा र कलाकार -केशव पाख्रीनको

  पनि विषेश प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।

 

यसपटक कार्यक्रम सँचालन भने सँचारकर्मी युनिक विफा घिसिङले गर्ने संस्थाले जानकारी दिएको छ ।

चनखुमा २०७४ सालदेखि निरन्तर रूपमा ल्होछार कार्यक्रम गर्दै आइरहेको छ । ल्होछारकै दिन कार्यक्रम गर्ने गरेको चनखुमा यसपटक भने एकदिन पछाडि गर्ने भएको हो । कार्यक्रम एकदिन पछाडि सार्नुको कारण भने संस्थाले खुलाएको छैन ।

Featured News

Advertisement