शनिबार १८, असार २०७९ Sat,02 Jul 2022

सर्वाधिकार सुरक्षित

निबर्तमान प्रअ र धर्मपत्नी तामाङलाई सम्मान तथा बिदाई



बुधबार ४ , फाल्गुन २०७८

 

सहर सि° तामाङ/ पाँचथर

३, फाल्गुण - पाँचथरको तुम्बेवा गाउँपालिका वडा न. १ स्थित कलेश्वरी अा.बि. का निबर्तमान प्रधानध्यापक गोबिन्द बहादुर तामाङ र उहाँको धर्मपत्नी उर्मिला तामाङलाई सम्मान तथा बिदाई गरेका छन् ।

निबर्तमान प्रअ र धर्मपत्नी तामाङलाई बिद्यालय ब्यबस्थापन समितिको अायोजनामा सम्मान तथा बिदाई गरेको हो ।

निबर्तमान प्रअ २०४१ साल पौष १ गतेबाट शिक्षण पेशामा अाबद्व भई २०६५ साल बाट प्रअको भुमिका निर्बाह गर्दै २०७८ साल पौष ४ गते निर्बृत्त सेवाका लागि स्वच्छिक राजिनामा दिएका हुन् ।

लामो समय सम्म शिक्षण पेशामा अाबद्व तामाङको शैक्षिक र भौतिक रुपमा बिद्यालयलाई उच्च र अनुकरणिय सहयोग रहेको भन्दै बिद्यालय परिवारले कदर तथा सम्मान पत्र , मायाको चिनो प्रदान गरेका छन् भने सम्मानित निबर्तमान प्रअ तामाङले अाफु बिद्यालय बाहिर रहेर पनि अाफ्नो बिवेक र क्षमताले जति सकिन्छ सक्दो सहयोग गर्ने बताएका छन् ।

सम्मान तथा बिदाई कार्यक्रममा तुम्बेवा १ का वडा अध्यक्ष मोतिराज तामाङको प्रमुख अातिथ्यमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सहर सि` तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य प्रधानाध्यापक मनभक्त देवानले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक मनप्रसाद देवानले गरेका थिए ।

 

 

 

 

 

 

 

Featured News

Advertisement