नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त
बुधबार
९ ,
चैत्र
२०७८
Tamor Khabar
285
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तुरुण दलको अध्यक्ष नियुक्त गरेका छन्।लामो समयदेखि अविधेशन हुन नसकेका भातृ संस्थाको नेतृत्वलाई बिदाइ गरेर देउवाले तदर्थ कार्यसमिति गठन गरेका हुन्।नेविसंघको अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा नियुक्त भएका छन् भने तरुण दलको अध्यक्षमा पवर्ततका – विद्वान गुरुङ्ग रहेका छन्।उनीहरु दुवै जनालाई तीन तहको चुनाव सकिएको तीन महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ।








