बिहीबार १८, जेष्ठ २०८० Thu,01 Jun 2023

सर्वाधिकार सुरक्षित

सिसडोलका बासिन्दालाई देखिए यस्ता खालका रोगहरु



सोमबार ३० , जेष्ठ २०७९

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विर्सजन गर्ने स्थान सिसडोलमा बृहत स्वास्थ्य शिविर गरिने भएको छ । नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ लाई लक्षित गरेर सिसडोलमा बृहत स्वास्थ्य शिविर हुने भएको हो । अव्यवस्थित फोहोर विसर्जन गरिएपछि सिसडोलमा फोहोरबाट सर्ने रोगहरु देखिएको भन्दै युथ फर नेशनले मंगलबार बृहत स्वास्थ्य शिविर गर्न लागेको हो ।

 

सिसडोलमा झाडापखाला, ज्वरो, दम, सुगर, प्रेसर, मानसिक स्वास्थ्य सम्बन्धी धेरे रोगहरु भएको भन्दै स्वास्थ्य शिविर गर्न लागिएको युथ फर नेशनका अध्यक्ष एवं मनोरोग चिकित्सक डा.निकोलेश भुसालले जानकारी दिएका छन् । झाडापखाला लागेका बिरामीहरुलाई निशुल्का औषधि पनि वितरण गरिने उनले बताए । सिसडोलमा डा.भुसालको टोलीले अघिल्लो साता त्यहाँका स्थानीयहरुको स्वास्थ्य परीक्षण समेत गरेको थियो । स्वास्थ्य शिविरमा मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई, कलेजो विशेषज्ञ डा.महेश शर्मा, डा. अनिल भट्टराई, डा. सुदर्शन न्यौपाने, डा. कालम खान,डा. आस्था ढकाललगायतको टोलीले स्वास्थ्य परीक्षण गर्ने युथ फर नेशनले जनाएको छ । अघिल्लो पटकको परीक्षणमा सुगर, प्रेसर, रुघाखोकी, झाडापखलाका बिरामी धेरै पाइएको थियो । क्यान्सर रोगीहरुलाई परामर्श पनि आवश्यक देखिएकाले स्वास्थ्य शिविर गर्न लागेको बताएका छन् । सिसडोलमा १७ वर्षदेखि फोहोर विसर्जन गरिँदै आएको छ । 

Featured News

Advertisement