सोमबार २४, भाद्र २०८१ Mon,09 Sep 2024

सर्वाधिकार सुरक्षित

मादी गाउँपालिकाले ल्यायो ६५ करोड ४८ लाखको बजेट



मंगलवार ७ , असार २०७९

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६५ करोड ४८ लाख ८० बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको ११औँ गाउँसभामा आज उपाध्यक्ष कल्पना गुरुङले सो बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरेको सभामा छलफलपछि सर्वसम्मत पारित भएको छ ।गाउँपालिकाले चालु आर्थिक वर्षमा ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट पेश गरेकोमा आगामी आवमा बजेट वृद्धि गरिएको छ । चालु आवको तुलनामा पालिकाको बजेट पाँच दशमलव २५ प्रतिशतले बढी हो । गाउँपालिकाको आवश्यकता, उपलब्ध स्रोतसाधन र जनअपेक्षा अनुरुप दिगो विकास तथा रोजगारीको अवसरमा जोड दिने उद्देश्यसहित बजेट कार्यक्रम ल्याइएको उपाध्यक्ष गुरुङले बताइन् । कृषि र पशुपालनको क्षेत्रमा लगानी वृद्धि गरी कृषि उपजमा आत्मनिर्भर बनाइ रोजगारीका अवसरको सिर्जना गर्ने र युवा स्वरोजगार कोषको स्थापना गरी रोजगार वृद्धिलाई प्राथमिकतामा राखिएको छ ।आगामी बजेटमा आर्थिक विकास तर्फ पाँच करोड ४२ लाख ४० हजार, समाजिकमा ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकास तर्फ   १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ८५ लाख ७० हजार र सुशासन तथा संस्थागत विकास तर्फ  १२ करोड सात लाख १० हजार विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताइन् ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट पेश गरेकोमा आगामी आवमा बजेट वृद्धि गरिएको छ । चालु आवको तुलनामा पालिकाको बजेट पाँच दशमलव २५ प्रतिशतले बढी हो । गाउँपालिकाको आवश्यकता, उपलब्ध स्रोतसाधन र जनअपेक्षा अनुरुप दिगो विकास तथा रोजगारीको अवसरमा जोड दिने उद्देश्यसहित बजेट कार्यक्रम ल्याइएको उपाध्यक्ष गुरुङले बताइन् । कृषि र पशुपालनको क्षेत्रमा लगानी वृद्धि गरी कृषि उपजमा आत्मनिर्भर बनाइ रोजगारीका अवसरको सिर्जना गर्ने र युवा स्वरोजगार कोषको स्थापना गरी रोजगार वृद्धिलाई प्राथमिकतामा राखिएको छ ।


Featured News

Advertisement