विषालु च्याउ खाँदा बागलुङमा चारजना बिरामी
बुधबार
८ ,
असार
२०७९
Tamor Khabar
431
बागलुङ ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन्।विषालु च्याउ खाँदा ताराखोला–५ माटेबिसौनाका एकै घरका मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती बिरामी भएका हुन्।
यसैगरी उनीहरूको घरमा पाहुना लाग्न आएका म्याग्दी रुम घर भएका रविन रोका पनि बिरामी भएका छन्। घाइतेहरूको उपचार गलकोट स्थित इमरजेन्सी पोलिकिल्निक हटियामा भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
मंगलबार बेलुका जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेपछि बुधबार बिहान ३ बजे उपचारका लागि हटिया ल्याइएको प्रहरीले जनाएको। उनीहरुको स्वस्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।








