सोमबार २४, भाद्र २०८१ Mon,09 Sep 2024

सर्वाधिकार सुरक्षित

रोङ गाउँपालिकाको प्राथमिकतामा गुन्द्रुक र सिन्की



शुक्रबार १० , असार २०७९

इलामको रोङ गाउँपालिकाले ४५ करोड ७३ लाख ७७ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ।

गाउँपालिकाको १३ औं गाउँसभामा उपाध्यक्ष विष्णुमाया खवासले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ३३ करोड ९३ लाख ८४ हजार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत आम्दानी हुने पनि देखाइएको छ।

त्यसैगरी राजस्व बाँडफाँटतर्फ ८ करोड ३९ लाख ९३ हजार र आन्तरिक आम्दानीबाट ३ करोड ४० लाख रूपैयाँ जम्मा हुने तथ्यांक प्रस्तुत गरिएको छ।

चालु खर्चतर्फ ७ करोड २७ लाख ७७ हजार २२० रूपैयाँ, सशर्त खर्च तर्फ २० करोड ९६ लाख ८९ हजार रूपैयाँ र पुँजीगत खर्चतर्फ १७ करोड ४९ लाख १० हजार ७ सय ८० रूपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरिएको छ।

बजेटले गुन्द्रुक र सिन्की जस्ता स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, एक गाउँ एक नर्सरी, पुत्का संरक्षण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

शुक्रबार गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोको अध्यक्षतामा गाउँसभा भएको थियो। गाउँसभाको अर्को बैठक शनिबार बिहान ९ बजे बस्ने कार्यक्रम छ।: सेतो पाटि बाट 

Featured News

Advertisement