दार्चुलामा पहिरोमा परी युवकको मृत्यु
शनिबार
१८ ,
असार
२०७९
Tamor Khabar
200
धनगढी । दार्चुलामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।
शनिबार नौगाड गाउँपालिका–६ मा खसेको पहिरोमा परेर परीगाउँका २१ वर्षीय करनसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेलुका करिब ५ बजे भटडाँडाबाट परीगाउँ जाने बेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ ।