सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु
सोमबार
२७ ,
असार
२०७९
Tamor Khabar
353
ताप्लेजुङ ।सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक युवाको मृत्यु भएको छ। मुत्यु हुनेमा सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपका २२ वर्षीय गंगाबहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक(डिएसपी)कैलाश राईले जानकारी दिए।‘सडक खन्दै गर्दा झरेको ढुङ्गाले लागेर मृत्यु भएको भन्ने जानकारी आएको छ,’ डिएसपी राईले भने। उनका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।








