तेह्रथुममा मुस्ली प्रहार गरि छाेराले गरे बुबाको हत्या
मंगलवार
१७ ,
श्रावण
२०७९
Tamor Khabar
477
तेह्रथुम । तेह्रथुमकाे छथर गाउँपालिका-५ ओख्रे ठकुरी गाउँमा छोराले आफ्नै बुबालाई मुस्ली प्रहारगरि हत्या गरेका छन् ।२४ वर्षीया टंक भण्डारीले आफ्नै बुबा ५३ वर्षका भक्तहादुर भण्डारीलाई मुस्ली प्रहार गरी हत्या गरेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घरमा के कारणले विवाद भएको हाे भन्ने विषय भने खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।मुु स्ली प्रहारबाट गम्भीर घाईते भएका भक्तबहादुरको उपचारको क्रममा छथर उस्पतालमा मृत्यृ भएको हो । मृतकको शवलाई पोर्टमाटमका लागि धनकुटा लाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुम प्रहरी नायब उपरीक्षक निशान थापाले बताउनुभयो ।मुस्ली प्रहार गर्ने टंक भने फरार रहेकोले खाेजी कार्य भईरहेको उहाँले बताउनुभयाे ।








