twitter sharing button

messenger sharing button

whatsapp sharing button

 

 

दमक, २६ पुस 

लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ । घटनालाई नियन्त्रणमा लिन प्रहरी नै पुग्नुपरेको थियो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र उहाँँकी श्रीमती रोशा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्रलाभ भएको थियो ।

नवजात शिशुको अवस्था आज बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि समयमै उपचार नहुँदा नवजात शिशुको मृत्यु भएको पीडित खड्काको आरोप छ । सुत्केरी आमाको अवस्था जटिल भई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बताइएको छ ।

प्रनाउ गिरीको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच आज दिउँसो छलफल भई सहमति भएको बताइएको छ । आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश शर्माले शिशुको उपचारमा सक्दो प्रयास गरे पनि बचाउन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो = स्रोत विस्वसनचार

"/>
शनिबार ८, बैशाख २०८१ Sat,20 Apr 2024

सर्वाधिकार सुरक्षित

पाँचथरको तुम्वेवाका नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड



मंगलवार २६ , पुष २०७९

 

facebook sharing button

twitter sharing button

messenger sharing button

whatsapp sharing button

 

 

दमक, २६ पुस 

लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ । घटनालाई नियन्त्रणमा लिन प्रहरी नै पुग्नुपरेको थियो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र उहाँँकी श्रीमती रोशा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्रलाभ भएको थियो ।

नवजात शिशुको अवस्था आज बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि समयमै उपचार नहुँदा नवजात शिशुको मृत्यु भएको पीडित खड्काको आरोप छ । सुत्केरी आमाको अवस्था जटिल भई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बताइएको छ ।

प्रनाउ गिरीको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच आज दिउँसो छलफल भई सहमति भएको बताइएको छ । आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश शर्माले शिशुको उपचारमा सक्दो प्रयास गरे पनि बचाउन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो = स्रोत विस्वसनचार

Featured News

Advertisement