शुक्रबार १६, चैत्र २०८० Fri,29 Mar 2024

सर्वाधिकार सुरक्षित

एकै बर्षमा चारवटा लोकसेवा परीक्षामा नाम निकाल्न सफल भइन्, धनकुटाकी नविना दाहाल



शुक्रबार २६ , फाल्गुन २०७९

धनकुटा । अहिले सामाजिक सञ्जालमा चर्चित बनेकी छिन्, धनकुटाकी नविना दाहाल । उनी टिकटकबाट चर्चित बनेको नभई एकै बर्षमा चारवटा लोकसेवा परीक्षामा नाम निकालेर चर्चित बनेकी हुन् । 

मेहेनत गर्ने, असफलतासँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा ‘करिअर’ को आकर्षक ‘प्लेटफर्म’ हो ।  त्यस्ता व्यक्तिहरूलाई निजामती सेवामा जाने प्रवेश बिन्दु लोकसेवा आयोगले लिने परीक्षा हो ।

प्रयास गरेपछि अवश्य पनि सफल भइन्छ भन्ने नविनाको मान्यता छ । निरन्तरको मेहेनत र आत्मविश्वास बोकेर अघि बढेको खण्डमा लोकसेवाको परीक्षामा सफलता हात लाग्ने उनी बताउछिन् । उनले अख्तियारमा काम गर्ने निधो गरेकी छिन् ।

उनले नाम निकालेको परीक्षाहरुमा सहायक महिला विकास निरीक्षक (कोशी प्रदेश), सहायक पाचौं, सामान्य प्रशासन (गण्डकी प्रदेश), सहायक पाचौं, प्रशासन लेखा (कोशी प्रदेश) र नायब सुब्बा जलेश्वरबाट खुला तर्फ १ नं. सिफारिस रहेको छ । उनलाई धनकुटा जिल्लाबासीले बधाई ज्ञापन गरेका छन् । केहीले भेटेर, केहीले फोन गरेर र केहीले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । 

Featured News

Advertisement