सोमबार ११, जेष्ठ २०८३ Mon,25 May 2026

सर्वाधिकार सुरक्षित

सामुदायिक वन उपभोक्ता महासंघ दोर्दीको अध्यक्षमा राजु लामिछाने 



मंगलवार १४ , चैत्र २०७९

लमजुङ । 
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, दोर्दी गाउँपालिका महासंघ लमजुङको अध्यक्षमा राजु लामिछाने चयन भएका छन् । 

सोमबार भएको दोस्रो अधिवेशनबाट लामिछाने अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा ऋषिराम अधिकारी, सचिवमा सारदा घिमिरे, कोषाध्यक्षमा रामदेवि वि.क. रहेका छन् ।

सदस्यहरुमा सुनिता गुरुङ, सावित्री अधिकारी, शोभा वि.क., सत्य ढकाल, मीनबहादुर गुरुङ, रामकाजी सुनार, पूर्ण भारती, योज बहादुर गुरुङ र अच्युत रेग्मी रहेका छन् ।

Featured News

Advertisement