पाँचथरका पत्रकार शहरसिंह तामाङलाई पितृशोक
पाँचथर । पाँचथरका पत्रकार शहरसिंह तामाङलाई पितृशोक परेको छ ।
तामाङको बुवा सनकसिंह तामाङको ८४ बर्षको उमेरमा आफ्नै निवास तुम्बेवा गाउँपालिका १ रातमाटेमा मंगलबार विहान साँढे ९ बजे निधन भएको हो । समाजसेवी तामाङ ३ दिनदेखि विरामी हुनुहुन्थ्यो । उहाँलाई ज्वरो र झाडापखालाको समस्या थियो । नजिकैको मेडिकलबाट औषधी ल्याएर सेवन गराउँदै घरमै राखिएको थियो । यसअघि पनि सामान्य विरामी पर्ने र मेडिकलको औषधीले निको भएका तामाङको यसपटक भने अवस्था नाजुक बनेको थियो । मंगलबार नै ठूलो अस्पताल लैजाने योजना बनाउँदै गर्दा बुवाको निधन भएको माइलो छोरा शहरसिंहले बताउनुभयो ।
मृतक तामाङको एक श्रीमति, ४ छोेरी र ३ छोरा छन् । एक छोरीको निधन भइसकेको छ । मृतक सनकसिंहका माइलो छोरा शहरसिंह वि.स. २०६६ सालदेखि पत्रकारितामा क्रियाशील हुनुहन्छ । तामाङ पब्लिक टाइम्सको संवाददाता हुनुहुनछ । यस्तै, आदिवासी जनजाति पत्रकार महासंघ पाँचथरको उपाध्यक्ष, पाँचथर सेवा समाजको अध्यक्ष समेत हुनुहुन्छ ।








