तुम्बेवा गाउँपालिका अध्यक्ष खड्का गाउँपालिका राष्ट्रिय महासंघ कोशीको उपाध्यक्षमा निर्वाचित
बिहीबार
१६ ,
चैत्र
२०७९
Tamor Khabar
396
पाँचथर । पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेशको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
चैत्र १४ गते भएको दोस्रो प्रदेश अधिवेशनबाट प्रदेश कार्य समितिको उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । स्थानीय तह निर्वाचन २०७९ बाट नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका उहाँले गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेशको उपाध्यक्षको जिम्मेवारी समेत पाउनुभएको हो । खड्का नेपाली कांग्रेस तुम्बेवा गाउँपालिका सभापति समेत हुुनुहुन्छ ।
अधिवेशनबाट अध्यक्षमा भने सुनसरी जिल्लाको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी निर्वाचित हुनुभएको छ । उहाँ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति समेत हुनुहुन्छ ।








