पाँचथर काठमाडौ सम्पर्क समितिकाे सभापतिमा सुर्य कुमार दाहाल
काठमाडौं - नेपाली कांग्रेस पाँचथर जिल्लाका इमानदार सरल स्वभावका बिकाश प्रेमि समाजसेवीका रूपमा चिनिने नेपाली कांग्रेस युवा नेता सूर्यकुमार दाहाल पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका वडा नम्बर–१ साविक आङ्ना–५ घर भएका दाहाललाई
जिल्ला कार्य समिति पाँचथरकाे मिति २०७९/१२/१२ गते बसेकाे बैठकले पारित गरि जिल्ला सभापति रूप नारायण जबेगु ज्युले
पाँचथर काठमाडौ सम्पर्क समितिकाे सभापतिमा आज मिति २०७९/१२/३० गते चयन गर्नु भएकाे छ ।
दाहाल विश्वको सबै भन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलमा २०६६ साल देखि आवद्ध हुन् । २०७४÷०७५ मा दाहाल संस्थापक अध्यक्ष (चार्टड प्रेसिडेन्ट) भई गठन भएको लायन्स क्लब अफ काठमाडौं गोलोबल सर्भिस, लायन्स क्लब अफ काठमाडौं अनन्य, लायन्स क्लब अफ काठमाडौं ग्रुप समाज सेवाको क्षेत्रमा स्वदेशमा मात्र नभई विदेशमा समेत अब्बल मानिन्छ । लायन्स वृत्तमा उनले तिन वटा क्लबको चार्टड प्रेसिडेन्ट नेपाली लायन्समा एक मात्र उनी मात्र हुन । यसबापत उनलाई लायन्स मुख्यालय अमेरीकाबाट सम्मान समेत गरिएकाे छ ।
दाहाल आफुभन्दा कम अवसर प्राप्त भएका ब्यक्ती र आफुभन्दा बढी समस्या भएका ब्यक्तीहरुलाई मानिसले मानिसलाई अरुको लागीनै आफूले सकेको सहयोग सबैले गर्नुपर्ने मान्यता राख्छन् उनी । २०७२ सालको भूकम्पको बेलामा उनले आफ्नै खर्चमा आफ्ना साथीभाइको सहयोग,लायन्स क्लबहरूसँग समन्वय गरी धेरै राहतका कार्यहरूमा सहभागी भए । हाम्रो सहयोग अभियान मार्फत कोभिड महामारीको समयमा पनि उनले निर्वाह गरेको काम सम्झनालायक छ । समाज सेवाप्रतिको समर्पण, लगाव तथा चिरपरिचित सामाजिक अभियन्ताको छविका कारण दाहाल धेरै सामाजिक संघसंस्थामा आबद्ध छन् ।
उनले लायन्स कन्भेन्सनका क्रममा अमेरिका, क्यानाडा,जापान,यूके ,युएइ, थाइल्याण्ड, मलेसिया, बंगलादेश, भारत, चीन लगायतका मुलुकको भ्रमण गरेका छन् ।