सोमबार ११, जेष्ठ २०८३ Mon,25 May 2026

सर्वाधिकार सुरक्षित

आठौं पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्री साउदले लिए शपथ



आईतवार ३ , बैशाख २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  साउदले आइतबार नै पद तथा गोपनियताको शपथ लिएका छन् ।
सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।
गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए ।
साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो छ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी छन् ।

Featured News

Advertisement