पाँचथर काठमाडौं सम्पर्क समिति सहित झापा,मोरङ,सुनसरी ले पूर्णता पाएको छ Tamorkhabar
काठमाडौं ,नेपाली काँग्रेस जिल्ला कार्य समिति पाँचथरको २७ औं बैठक मिति २०७९/१२/२२ गते बसि नेपाली कांग्रेस पाँचथर जिल्ला कार्यसमितिले पूर्णता दिएको छ। पाँचथर काठमाडौँ सम्पर्क समिती, पाँचथर मोरङ् सुनसरी सम्पर्क समिति, पाँचथर झापा सम्पर्क समिति,लाई पूर्णता दिने निर्णय गरेअनुसार विगत वर्ष देखि रिक्त समय अवधी पुगिसकेको साथै सो समितिका पाँचथर काठमाडौ सम्पर्क समितिकाे सभापतिमा सूर्य कुमार दाहाल, सुनसरी मोरङ् सम्पर्क समितिकाे सभापतिमा टिकाराज आङ्देम्बे र पाँचथर झापा सम्पर्क समितिकाे सभापतिमा मोहन कुमार अधिकारीलाई तोकिएको छ । पत्रमा तसर्थ समिति गठन गरि ६ महिना भित्रमा भेला गराई ३वटा समितिलाई पूर्णता दिने जिल्ला कार्य समिति पाँचथरको पत्रमा उल्लेख गरिएको छ ।
पाँचथर काठमाडौ सम्पर्क समितिको विषयमा केही पूर्व समितिका पदाधिकारीहरुले तर्क राखे पनि संगठन विस्तार गर्नकाे लागि अधिकांश नयाँ कार्य समितीमा पाँचथर बाट काठमाडौँ बसोबास गर्दै आएका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु इच्छुक रहेकाले चाँडै नै समितिमा पूर्णता पाउँने र २ वटा बैठक बसिसकेकाे सभापित दाहालकाे भनाई छ ।
काठमाडौ बसोबास गर्दै आएका अधिकांश महासमिति सदस्य महाधिवेशन प्रतिनिधि, प्रदेश सदस्य,जिल्ला सदस्य, क्षेत्रीय कार्य समितिका सदस्य ज्यूहरु नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णय प्रति स्वागतयोग्य गरेका छन् । नेपाली कांग्रेस विधि र विधान अनुसार चल्ने भएकोले यसमा कसैले पनि तर्क नगर्न आग्रह गरेका छन ।