सोमबार २४, भाद्र २०८१ Mon,09 Sep 2024

सर्वाधिकार सुरक्षित

कोशी सरकारको मन्त्रिपरिषद् विस्तार छठपछि मात्र



शनिबार २५ , कार्तिक २०८०

विराटनगर – कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार छठ पर्व सकिएपछि मात्रै हुने भएको छ 

सरकारमा सत्ता गठबन्धनका दलहरुको सहभागिता गराउन सम्बन्धमा भएको मुख्यमन्त्री केदार कार्की र अन्य दलका नेताबीचको छलफलमा यस्तो सहमति भएको हो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच भएको छलफलमा छठपछि सरकार विस्तार गर्ने सहमति भएको हो ।

मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा काँग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले

मुख्यमन्त्री कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयकलगायत विषयमा शुक्रबार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए ।

यसैगरी उनले नेपाली काँग्रेस दलका नेता उद्धब थापा, माओवादीका आङ्बो, नेकपा एसका राई र जसपाकी सांसद निर्मला लिम्बूसँग बेग्लै छलफल गरेका थिए ।

प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्ति पनि सहमतिकै आधारमा गरिने भएको छ । माओवादी संसदीय दलका नेता आङबोले छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताए ।

हाल सरकारमा मुख्यमन्त्री कार्कीबाहेक माओवादीका गणेश उप्रेती, कांग्रेसका शम्शेर राई र नेकपा एसका कमलप्रसाद जबेगु विनाविभागीय मन्त्रीका रुपमा छन् । सरकारमा सहभागी एमालेका मन्त्री राम रानाले भने राजीनामा दिइसकेका छन् ।

आफूसँग सहमति नगरी माओवादीलगायत गठबन्धनका दललाई सरकारमा सहभागी गराएको भन्दै असन्तुष्ट बनेको एमालेले मन्त्री रानालाई सरकारबाट फिर्ता बोलाएको थियो ।

३, नेकपा एस र जसपाले एक–एकजना मन्त्री पाउने सम्भावना भए पनि यसबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।

Featured News

Advertisement