सोमबार २४, भाद्र २०८१ Mon,09 Sep 2024

सर्वाधिकार सुरक्षित

बालकृष्ण खाणको रिहाइले सुखद सन्देश प्रभाव : सहमहामन्त्री आङ्देम्बे Tamorkhabr



शनिबार ३० , मंसिर २०८०

बालकृष्ण खाणको रिहाइले सुखद सन्देश प्रभाव गरेको छ : सहमहामन्त्री आङ्देम्बे 


भैरहवा, ३० मंसिर ।
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको रिहाइले एउटा सुखद सन्देश प्रभाव गरेको बताएका छन् । उनले न्यायालयले मुलुकका धेरै जटिल विषयवस्तुलाई पनि एउटा सही र न्यायिक निष्कर्षमा पुर्याउँछ भन्ने प्रमाणित गरेको बताए ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री आङ्देम्बेले यस्तो बताएका हुन् । उनले भने, ‘यो खुसी बाड्न र यहाँहरुलाई बधाई दिन पाउँदा खुसी लागेको छ । मुलुकले हेर्ने पर्सनालिटी थोरै हुन्छन्, विस्तारै घट्दै गएको बेलामा आज न्यायालयले जुन ढंगबाट विकृत सोच र मानसिकतालाई किनारा लगाएर नयाँ ढंगबाट जनताले हेर्नुपर्छ भन्ने कुरा स्थापित गरेको छ, यसले खुसी छाएको छ । ’उनले नयाँ उत्साह र सोचका साथ अगाडि बढ्ने बताए । 

सहमहामन्त्री आङ्देम्बेले हिजो २३ सिटमा खुम्चिदा र अहिले तीनै तहमा सशक्त र बलियो कांग्रेस हुँदा पनि निराशाका गीत गाइएको बताए । उनले भने, ‘कांग्रेसका कार्यकर्तामा निराशा बाँडेका छौं । नेताहरुले यस्तो गर्नुहुँदैन । व्यक्ति नराम्रो हुन सक्छ । तर, कांग्रेस र कांग्रेसले लिएको विचार सगरमाथा पनि उचो छ ।’ प्रक्रियाका बारेमा छलफल र बहस गर्न सकिने उनको भनाइ छ ।

वर्तमान र विगत कांग्रेस एक्लैले मात्र सोचेर सही ट्रयाकमा आउँछ भन्ने कल्पना गर्न नहुने उनले बताए । अहिलेको परिस्थितिमा घोषणापत्रमा लेखिएका प्रतिवद्धता पूरा गर्न पनि सरकारमा जानैपर्ने उनले बताए । सहमहामन्त्री आङ्देम्बेले भने, ‘कि त नेमकिपा जस्तो सरकारमा जाँदैनौं, सीमित क्षेत्रमा बस्छौं भन्नुपर्यो, होइन भने सरकारमा जानुपर्छ ।’

संसदीय दलका नेता फेर्ने कुरा चलिरहेको छ नी भन्ने जिज्ञासामा उनले संसदीय दलको आफ्नो प्रक्रिया रहेकोले बाहिर सडकमा बोलेर नहुने बताए । कांग्रेस केन्द्रीय कार्यसमितिमा युवाहरुको बलियो उपस्थिति रहेको उनले दावी गरे । कांग्रेस लोकतान्त्रिक प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी भएको उनको भनाइ छ ।

उनले गुट–उपगुट भन्दा विचार समूह भन्नुपर्ने र एक–अर्काका विचारलाई निषेध गर्न नहुने उनले बताए । राज्यले विदेशिएकालाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको विषय पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उठ्ने उनले बताए । सरकार गम्भिर बन्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशिल गुरुङ, सिद्धार्थनगर–१२ का बुथ सभापति हरिराज विष्ट, १० का बुथ सभापति तथा पूर्व वडाअध्यक्ष विजयनाथ धवल, ९ का बुथ सभापति श्यामसुन्दर खनाल र ४ का सभापति नरेन्द्र प्रसाद रौनियारले कांग्रेस सरकारमा रहेकाले जनताले सरकार भएको महसुस गर्न पाउनुपर्ने बताए।

कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशिल गुरुङको सभापतित्व, केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यता, रुपन्देही–३ (क) का सभापति सुरेन्द्र जंग थापाको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । by kahabr patro 

Featured News

Advertisement