इटहरीमा करेन्ट लागेर एकको मृत्यु
बुधबार
२५ ,
चैत्र
२०७७
Tamor Khabar
490
सुनसरीको इटहरी उप-महानगरपालिका-५ मा आज बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
ललितपुर महाकाल गाउँपालिका-४ घर भई इटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ बर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो ।
आज १२ बजेको समयमा डिसहोमको फाईबर तार टाङने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाईते भएका दुलाललाई उपचारको लागी बिराटनगरको नर्सिंहहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।








