पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस पुष्टि
शुक्रबार
३ ,
बैशाख
२०७८
Tamor Khabar
328
पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै मोरङमा २० जना, धनुषामा १० जना, पर्सामा ३० जना, काठमाडौँमा २८६ जना, चितवनमा २२ जना, भक्तपुरमा १९ जना, ललितपुरमा ४३ जना, कास्कीमा ४६ जना, दाङमा २१ जना, बाँकेमा १३३ जना, रुपन्देहीमा ४३ जना र कैलालीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।








