ताप्लेजुङमा असिनाले करोडौँ मुल्य बराबरको तरकारी बालीमा क्षति
शुक्रबार
३ ,
बैशाख
२०७८
Tamor Khabar
415
ताप्लेजुङमा आज बेलुका परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । असिनाले आलु खेतीमा फुङ्लिङ नगरपालिका–९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षति पु¥याएको छ । असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौँ, गहुँ र तरकारी बालीमा सबैभन्दा बढी क्षति पु¥याएको स्थानीय कृषकसमेत रहेका प्रधानमन्त्री आधुनिकिकरण कार्यक्रमअन्तर्गत आलु ब्लक क्षेत्रका संयोजक पासाङ् रिता शेर्पाले जानकारी दिनुभएको छ । बुङ्कुलुङ्गका ६० घर परिवारले लगाएको आलुसहितको नगदे खेतीमा परेको असिनाले क्षति पु¥याएको हो ।








