आईतवार १७, जेष्ठ २०८३ Sun,31 May 2026

सर्वाधिकार सुरक्षित

भारतीय ट्रकको ठक्करले मृत्यु



सोमबार ६ , बैशाख २०७८

झापाको मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय ट्रकको ठक्करबाट साइकल यात्री मनोज मेचेको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार घर नजीकको एनएमसी डेरीमा दही किनेर साइकलमा फर्किंदै गरेका ३० वर्षीय मेचेलाई डब्ल्युबी ७३ बी ३३२४ नंको भारतीय ट्रकले बिहान साढे ९ बजेतिर ठक्कर दिएको थियो । ट्रकको ठक्करले सख्त घाइते भएको अवस्थामा मेचेलाई उद्धार गरी प्रहरीले आफ्नै भ्यानमा राखेर उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल पु¥याएको थियो । हस्पिटलमा पु¥याउने बित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न ट्रकलाई इप्रका काँकडभिट्टामा राखिएको छ भने चालक फरार भएका छन् । प्रहरीले फरार चालकको खोजतलास भइरहेको जनाएको छ ।

Featured News

Advertisement