आइपिएलमा सट्टेबाजी खेलाएको आरोपमा ठमेल-लाजिम्पाट क्षेत्रबाट ११ पक्राउ
सोमबार
१३ ,
बैशाख
२०७८
Tamor Khabar
311
इन्डियन प्रिमियर लिग (आइपिएल) मा गैरकानुनी सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। ठमेल तथा लाजिम्पाट क्षेत्रबाट प्रहरीले आइतबार राति ११ जनालाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले मोबाइलमा सट्टेबाजी खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार उनीहरूले ह्वाट्सएपमा सट्टेबाजी खेलाइरहेका थिए। उनीहरूको साथबाट तीन लाख रुपैयाँ नगद पनि बरामद भएको पंगेनीले बताए।








