काेराेनाकाे कारण ५३ जनाको मृत्यु, ८ हजार ४१८ जनामा संक्रमण पुष्टि
शनिबार
२५ ,
बैशाख
२०७८
Tamor Khabar
511
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३ जनाको मृत्यु भएको छ भने थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ।
मन्त्रालयका अनुसार १८ हजार ३०४ जनाको परीक्षण गर्दा आठ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको छ। १७ हजार ३१५ जनाको पीसीआर गर्दा ८ हजार २८७ र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कुल संक्रमितको संख्या तीन लाख ८५ हजार ८९० पुगेको छ भने दुई लाख ९८ हजार ७६५ जनाले कोरोना जितेका छन्। देशभर अहिले ८३ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन्।








